३ बैशाख २०७८

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछी सरकार ढल्ने भएको छ ।

मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  वक्तव्य जारी गर्दै प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्मन्त्रीको रूपमा अघि बढाउँदै गण्डकी प्रदेशका   मुख्य मन्त्री विरुद्ध अबिश्वासकाे प्रस्ताव बिहीबार दर्ता भैसकेको छ ।

गण्डकीमा कांग्रेस, माओवादी केन्द्र र खास गरेर पूर्व समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने जनता समाजबादी पार्टीका २ सांसद्ले समेत हस्ताक्षर गरेका छन्  गण्डकीमा जनमोर्चा निर्णायक बन्ने देखिएको छ ।

गण्डकीमा हाल एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ ।

२५ चैतमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएपछि सरकार धरापमा परेको थियो ।

यद्यपि सरकारलाई दिइएको समर्थन माओवादी केन्द्रले भने फिर्ता लिइसकेको छैन ।

समर्थन फिर्ता नलिए पनि नयाँ सरकारका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको साथ खोजिरहेको छन ।

यसैगरी  स्याङ्जा जिल्लाको काली गण्डकी गाउँ पालिकामा केहि अन्य पाटिका कर्याकर्ताहरुले प्रचण्ड लाई साथ दिन भन्दै पाटि प्रवेश गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर