२९ फागुन २०७७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अबको सरकार तीन पार्टीको संयुक्त सरकार हुने बताएका छन् ।

शनिबार नवलपुरमा फाइन प्रिन्टको घुम्ति साहित्यिक शृंखलामा भाग लिन आएका नेता थापाले सिजी उन्नति कल्चरल भिलेजको निरीक्षणपछि पत्रकारहरुसँग यस्तो खुलासा गरेका हुन ।

उनले अबको सरकारे नेतृत्व नेपाली काग्रेसले गर्ने र जसपा र माओवादी केन्द्र सरकारमा सहभागी हुने उनले बताए ।

प्रधानमन्त्रीबाट ओलीलाई जति सक्दो चाडो नहटाए देशमा  देशमा राजनीतिक संकट गहिरिदै जाने उनको तर्क थियो ।

ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेको पनि थापाको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर