काठमाडौँ, १७ माघ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा शनिबार स्याङ्जाको वालिङ नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार पाँचौ जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् । जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । वालिङ ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर