९ माघ २०७७, शुक्रवार

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले विहिवार देशभरीका ६७४३ वडाहरुमा विरोध सभा गरेको छ ।

यसैक्रममा स्याङ्जाको कालिगण्डकि गाउँपालिका वडा न ७ ले मिर्मिमा पनि प्रतिगमनको विरोधमा सभा सम्पन्न भएको छ ।

विरोधसभामा वोल्ने सवै वक्ताहरुले ओली सरकारले गरेका कामहरुको चर्काेरुपमा विरोध गरेका थिए ।

विरोध सभामा वोल्दै नेपाल विधार्थी संघ कालिगण्डकिका सभापति रेश्मिराज न्यौपानेले टेम्पोको इन्जीन राखेर चलाएको विमान दुर्घटना भएको ब्यग्य गर्दै ओली सरकारले गरेको असवैधानिक कदमको विरोध गरेका थिए ।

यसैगरी विरोध सभामा सुमित्रा भट्टराई,यज्ञमूर्ती न्यौपाने,होमराज भट्टराई,खगराज भट्टराई,लगायतका वब्ताहरुले ओली सरकारको चर्काेरुपमा विरोध गरेका थिए ।

वडा सभापति भिम प्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन नेपाली काग्रेस क्षेत्रिय प्रतिनिधि ओम प्रकाश भट्टराईले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर