लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशको संगमस्थल स्याङ्जाको महालिंग धाम तथा पाल्पाको हुँगी स्थित उत्तरवाहिनी क्षेत्रको महत्वलाई समेटेर तयार गरिएको भजन सार्वजनिक गरिएको छ ।

पूर्वीय दर्शन तथा सभ्यतामा उत्तरतर्फ बग्ने नदीलाई विशेष महत्वको क्षेत्रको रुपमा व्याख्या गरिएको छ भने वैज्ञानिक दृष्टिकोणबाट पनि यस्तो क्षेत्रमा विशेष प्रकारको उर्जा हुने खोज तथा अनुसन्धानले देखाएको छ ।

विगत पाँच वर्षदेखि चैतन्यकृष्णको नेतृत्वमा यस क्षेत्रलाई धार्मिक,सांस्कृतिक तथा वैज्ञानिक केन्द्र बनाउने उद्देश्यले श्री कालीगण्डकी ज्ञान-विज्ञान प्रतिष्ठानको स्थापन भइ विभिन्न कामहरु अघि बढिरहेको छ ।

देशको एक मात्र अंग्रेजीमाध्यममा पठाइ हुने प्रविधियुक्त अाधुनिक गुरुकुल स्थापना गरेको प्रतिष्ठानको आगामी उद्देश्य आयुर्वेदिक चिकित्सा केन्द्र, योग तथा साधन केन्द्र, खोज तथा अनुसन्धान केन्द्र, धार्मिक-संस्कृतिक संग्राहलय आदिको स्थापना मार्फत् वैज्ञानिक ऋषि उत्पादन गर्ने रहेको संस्थाका अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो ।

यहि बीचमा सो क्षेत्रको महत्वलाई समेटर उत्तरवाहिनी भजन सार्वजनिक गरिएको छ । प्रेम न्यौपाने तथा तुलसी प्रभासको शब्द रहेको भजनमा गायकहरु अमित सापकोटा, प्रेम न्यौपाने, खेमराज पौडेल, शिवा केसी, दामोदर भण्डारी, सीता थापा मगरले आवाज भरेका छन् ।

रिता बस्याल न्यौपानेले निर्देशन गर्नु भएको उक्त भजनको व्यवस्थापकीय पाटो चैतन्यकृष्णले हेर्नुभएको थियो । भजनमा विपिन तिवारी, सञ्जु न्यौपानेसँगै कालीगण्डकी गुरुकुलका विद्यार्थीहरुको अभिनय देख्न सकिन्छ ।

भिडियो सहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय