१५ पौष २०७७, बुधवार

पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ९ बनौँमा जीप दुर्घटना हुँदा एक  जनाको मृत्यु भएको छ । दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कुश्मा–बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नं को जीप दुर्घटना भएको हो ।  जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौँ घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् ।  उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर