१४ पौष २०७७, मंगलवार

पुस ६ गतेदेखि हराइरहेकी तनहुँकी तीन वर्षीय बालिका सात दिनपछि फेला परेकी छन् । बुबा साउदी अरबमा कार्यरत रहेको अवस्थामा आमा सोनी थापा अर्कै पुरुषसँग गएपछि हराइरहेकी ती बालिका प्रहरीको सक्रियतमा फेला परेकी हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी सोनी श्रीमान विदेश भएको मौका छोपी अर्का पुरुषसँग गएपछि तीन वर्षीय बालिका कीर्तिका बेखबर बन्दै आएकी थिइन् । मङ्सिर २८ गतेदेखि ती महिला हराएपछि देवर जीवन थापाले भाउजू हराएकाले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

ती महिला हराएको आठ दिनपछि पुनः तीन वर्षीय छोरी एकाएक हराएपछि घरपरिवारमा खैलाबैला भएपछि खोजीको लागि प्रहरी कहाँ पुगेको देवर जीवनले बताउनुभयो । ‘श्रीमान् विदेशमा श्रीमती परपुरुषसँग गएपछि बालिका बेखबर’ भन्ने शीर्षकमा राससले गत बिहीबार समाचार प्रकाशित गरेपछि प्रहरीले खोजी कार्यलाई अझ तीव्रता दिँदै आएको थियो ।

ती महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि बालिकाको अवस्था थाहा पाउन नसकिएकाले बालिकालाई कसले लग्यो भनेर खोजी कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । लामो प्रयासपछि बालिका फेला पारी काका जीवनलगायतका आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर