स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट बिस्तारित अनेरास्ववियू केन्द्रीय कमिटीको सदस्यमा शिशिर भट्टराई मनोनित भएका छन् ।

लामो समयदेखि राजधानीमा विद्यार्थी राजनीतिमा सक्रिय उनी काठमाण्डौको विश्वभाषा क्याम्पसको क्याम्पस कमिटी सचिवालय सदस्य, अनेरास्ववियू केन्द्रीय संगठन विभागको सदस्य, पार्टीको स्याङ्जा- काठमाण्डौ सम्पर्क मञ्चको क्षेत्रीय सचिवालय सदस्य, अनेरास्ववियू काठमाण्डौ जिल्ला कमिटी सदस्य लगाएतका महत्त्वपूर्ण जिम्मेवारीमा रहेका थिए ।


उनी कालीगण्डकी गा.पा वार्ड न – ०४ विर्घाका स्थायी निवासी हुन् ।
आज सम्पन्न अनेरास्ववियूको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले केन्द्रीय कमिटीलाई ३३५ बाट बिस्तार गरि १०९९ मा पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर