काठमाडौं, २०७७ पुस २ गते
कास्की, पोखरा महानगरपालिका-४ रामकृष्ण टोलबाट नियन्त्रित लागूऔषध १ सय १३ एम्पुल डाईजापाम, १ सय १३ एम्पुल फेनेरागन, १ सय १३ एम्पुल ब्रुपिनूर्फिन र २ थान मोबाईल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-४ रामकृष्णटोल बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ र कास्की पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने भक्तपुर घर भएका ४५ वर्षीय लक्ष्मी कृष्ण भासिमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपलिका-७ शनिमन्दिर परिसरबाट १३ ग्राम खैरो हेरोईन जस्तो पदार्थ सहित सोही महानगरपालिका-१७ बस्ने २७ वर्षीय लद्दीफुल मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पैदलयात्री मियाँलाई जाँच गर्दा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-५ बाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-५ बस्ने ४० वर्षीय रुपेश साह लगायत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी भट्टाचोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ५ ग्राम खैरो हेरोईन सहित भारत बिहार जोगमनी बस्ने ३२ वर्षीय सुरजेश कुमार राय समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ एनटिभी रोडबाट ४४ ग्राम ५२० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो र १ थान डिजिटल काँटा सहित सोही नगरपालिका-१२ चप्परगौडी बस्ने ४५ वर्षीय ईन्द्रमणी गौतमलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त धुलो पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० खल्लाबाट बेदकोट नगरपालिका-७ बस्ने २१ वर्षीय मुकेश भट्ट समेत २ जनालाई करिब ८ सय २० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ स्थित खटिएको प्रहरीले म.२ प ७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर