१३ कार्तिक २०७७, बिहिवार

टेलिभिजन प्रस्तोता रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ। लामिछानेले आफूहरु दुवैजनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । मंगलबार रातिदेखि हल्का ज्वरो आएपछि बुधबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताएका छन्। लामिछानेले आफूहरु दुवैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौँ त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहीँ बिल्कुल लापरबाही नगरौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर