
दिनेश खड्का खप्तडि /क्वालालम्पुर
११ श्रावन २०७८, सोमवार
दुबै मृगौला फेल भई डायलोसिस गर्दे आएका एक युवालाई मलेसियावाट सहयोग रकम संकलन गरेर नेपाल पठाएका छन ।
काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर ८ भोर्ज्याङ्ग घर भएका बिराज लामाको उपचारमा सहज होस भन्दै मलेसियावाट १लाख ९५ हजार ७सय १५ रुपैयाँ नेपाल पठाईएको हो ।
अचानक मृगौला फेल भई डायलोसिस गरिरहेका विराजलाई केहि समय भित्रमा डाक्टरले मृगौला प्रत्योरोपण गर्नको लागि अनुरोध गरेका छ । मलेसियावाट क्लेबर दोङ तामाङ र फुल मान तामाङ को विषेशपहलमा रकम संकलन गरिएको थियो । प्राप्त भएको सहयोग रकम पीडितको बुबा जोन्स लामा लाई हस्तान्तरण समेत गरिएको छ ।
मलेसियामा सहयोग गर्ने सवैलाई विरामिका वुवा जोन्स लामा तथा मलेसिया सहयोग संकलन गर्न सघाउने क्लेबर दोङ तामाङ र फुल मान तामाङले सहयोगि मनहरुलाई ह्दयदेखि नै धन्यवाद दिदै आउने दिनहरुमा पनि आवश्यक परेका खण्डमा सहयोग गरिदिन सवैमा अनुरोध समेत गरेका छन ।