काठमाडौं, २०७७ माघ २ गते

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित सवारी चालक उन्नत

(यान्त्रिक ज्ञान)१३ औं समूहको तालिम शुक्रबार समापन भएको छ ।

तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले सवारी साधनमा आएका समस्यालाई

समाधान गर्न तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

मंसिर २३ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार ९ र प्रहरी जवान १२ गरी कुल २७ जना

प्रशिक्षार्थीहरुले तालिम हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर