३० साउन ।
त्रिभुवन राजपथमा पर्ने मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएका हुन ।
इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङका अनुसार बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् ।
खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन्
। ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छनगरिएको छ ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धारको काम थालिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर