२०७७ साउन ३२ गते
जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद  २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१५ बस्ने ५१ वर्षीय मानबहादुर लोप्चन, ४२ वर्षीय मान बहादुर गुरुङ, सर्लाही बागमती नगरपालिका-१ बस्ने ४१ वर्षीय तारा कुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिका-८ बस्ने ३७ वर्षीय जयराम दास, कलैया उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय बिनोद प्रसाद यादव, सल्यान बढीमालिका नगरपालिका-८ बस्ने ३२ वर्षीय भूबन चन्द र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ बस्ने २५ वर्षीय पदम नेवार रहेका छन् ।
उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठाबाट उक्त नगद र कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर