२३ श्रावन २०७८, शनिवार

एक उप–प्रमुखको फोटो फेसबुकमा राखेर अश्लिल गाली गर्ने पक्राउ परेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लिल शब्द प्रयोग गरेर उर्लाबारी–४ का ३३ वर्षीय युवराज खरेल पक्राउ परेका हुन्।

अपशब्द प्रयोग गरेर आफूलाई हैरानी पारेको भन्दै उपमेयर भण्डारीले प्रहरीमा खरेलविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

गत बिहीबार पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर