५ भाद्र २०७७, शुक्रवार

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिका सहित चारवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रशासनले विराटनगर महानगरका सबै वडा र अन्य तीनवटा स्थानीय तहका प्रभावित वडामा पाँच दिन निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबारबाट रातिबाट लागू हुनेगरी विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाका चार वटा वडा, कटहरी गाउँपालिकाका पाँच वटा वडा र बुढीगंगा गाउँपालिकाका चार वटा वडामा निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा १० भदौं राति १२ बजेसम्म कायम रहने छ ।

उनका अनुसार विराटनगर महानगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको छ । रंगेली नगरपालिकाका ४,५,६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडा र बुढीगंगा गाउँपालिकाको १,२,३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभर राति ९ बजेबाट हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । संक्रमण फैलिएका कारण राति नौ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो ।  निषेधाज्ञाको उल्लङ्घन गरे कानूनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

बजार क्षेत्रमा अतिआवश्यक  पसल बिहान ९ बजेपछि खोल्न नपाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर