
सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । पूर्वनिर्धारित समय अनुसार बैठक बसेको हो । बैठकमा प्रधानमनत्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।
यसअघिको स्थायी कमिटी बैठकमा ओली सहभागी हुनुहुन्न थियो । आजको बैठकमा पनि ओली सहभागी नहुने बताइएकाे थियो । तर आइतबार बिहान मात्रै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली पनि बैठकमा सहभागी हने बताउनु भएको थियो ।
आजको बैठकमा बिहीबार निधन हुनुभएका नेकपाका केन्द्रीय सदस्य कमानसिङ लामाको शोक मनाउने बाहेक अन्य कार्यक्रम नरहेको बताइएको छ ।
नेकपामा दुई अध्यक्षबीचको विवाद समाधान भइसकेको छैन । सचिवालय बैठकले विवाद समाधान गर्न नसकेपछि पछिल्लो समय स्थायी कमिटी बैठक बस्दै आएको छ ।