२६ मङ्सिर २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको जानकारी दिएको छ ।  जसमध्ये  १ हजार ४४ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा २४, धनकुटामा ३, मोरङमा ३७, संखुवासभामा ३ र सुनसरीमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ६, बारामा ३, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ३, सर्लाहीमा २ र सिरहामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमती प्रदेशको काठमाडौंमा ४०२, काभ्रेमा २४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ६, भक्तपुरमा ३४, मकवानपुरमा १६, रसुवामा २, ललितपुरमा १ सय ५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १०, तनहुँमा २, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, मुस्ताङमा १, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ४ र स्याङजामा ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा १५, नलवपरासीमा ८, पाल्पामा १३,  प्यूठानमा २, बर्दियामा ६, बाँकेमा ३४, रोल्पामा १ र रुपन्देहीमा २४ जनामा कोरोना पुष्टि भएको छ ।त्यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा २, रुकुम पश्चिममा ५, सल्यानमा २ र सुर्खेतमा ४ जना कोरोना संक्रमित थपिएका छन् भने  सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १५, कैलालीमा १५, डडेल्धुरामा ६, डोटीमा १, बझाङमा ३ र बैतडीमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर