ललितपुर, २०७७ मङ्सिर २५ गते
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर