
२५ मङ्सिर २०७७ कोरोना भाइरस संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । सुनसरी, झापा र मोरङका एक/एकजना कोरोना सक्रमितको मृत्यु भएको हो ।
विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ ।
झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पुर्याउँदै गर्दा मत्यु भएको छ ।
मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।