काठमाडौं, २४ मंसिर । गृहमन्त्री रामबहादु थापा बादलले सुरक्षा समितिको बैठक बोलाउनु भएको छ । विप्लव समुहको गतिविधिको नियन्त्रण तथा सम्भावित जोखिमहरुको नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन गृहमन्त्री थापाले बैठक बोलाउनु भएको हो ।

बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनूसन्धान विभागका प्रमुख गणेश अधिकारीकाे सहभागीता रहेको बताइएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बैठकमा नागरिकको सुरक्षा विप्लव समुहको अपराधिक गतिविधि बिरुद्ध भावी रणनीतिका बारेमा छलफल भइरहेको बताइको छ । गृहमन्त्रालयले सुरक्षा निकायका प्रमुखहरुको ब्रिफिङ अनुसार निर्णय तय गर्ने बताइएको छ । पछिल्लो समय प्रतिबन्धित नेत्रविक्रम चन्द समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अपराधिक गतिविधि बढाइरहेको छ ।

मंगलबार मात्रै विप्लव समुहले मोरङको मिक्लाजुङ गाउँपालिकामा एक प्रधानाध्यापको अपहरणपछि हत्या गरेको थियो । हत्यापछि उसले एक बिज्ञप्ति जारी गर्दै सुराकी गरेको कारण हत्या गरेको जनाएको छ । जसका कारण नागरिकहरुमा त्रास छाएको छ ।

मंगलबार नै प्रधानमन्त्री ओलीले राजावादीहरुद्वारा भइरहेको गणतन्त्र बिरोधि गतिविधि भइरहेका बेला सर्वदलिय बैठक आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर