
१८ मङ्सिर २०७७ चितवन-जिल्ला कारागार भरतपुरबाट दुई कैदी फरार भएपछि दुई प्रहरीलाई निलम्बन गरिएको छ ।
कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो ।
निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् । उनीहरुलाई गत आइतबार नै निलम्बन गरिएको भए पनि प्रहरीले आज सार्वजनिक गरिएको हो ।
तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।