
१८ मङ्सिर २०७७ नेपालमा कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा १५५१ जनाको मृत्यु भएको छ ।
यस्तै थप १३४३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५३४ महिला र ८०९ पुरुष गरि थप १३४३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना देखिएको छ । जसअनुसार भक्तपुरमा २६ ललितपुरमा ८० र काठमाडौंमा ४५५ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप २१११ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख २० हजार २७२ जना निको भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल १५ हजार ७६६ जना आइशोलेशनमा छन् भने ५७६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपाालमा १७ लाख ६३ हजार ९१९ वटा पिसिआर गरिएको छ ।