काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी नेपालले कोरोना संक्रमणको जोखिमका कारण बन्द गरिएका भारतीय सीमा नाकाहरू तत्काल खुला गर्न माग गरेको छ ।

जसपाका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले आज विज्ञप्ती जारी गर्दै सीमा खोल्न माग गरेका हुन् ।

विज्ञप्तीमा लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका नागरिकको जनजीवन कष्टकर हुने अवस्थामा पुगेको भन्दै तत्काल सिमानाका खुला गरी व्यवस्थित र सहज बनाउन आग्रह गरिएको छ ।

लामो समय सिमानाका बन्द गरिँदा सीमा क्षेत्र तराई–मधेसका नागरिकमा कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, सामाजिक आदि क्षेत्रमा गम्भीर समस्या देखा परिरहेको जसपाको ठहर छ ।

सीमानाका बन्द हुँदा मुलुककै अर्थतन्त्र धरासयी बनेको विज्ञप्तिमा उल्लेख छ । साथै जसपाले कोरोना महामारी अझै फैलन नदिन प्रभावकारी ढंगले काम गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधि यथाशीघ्र उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर