२९ साउन
सरकारले आज २९ गते विहिवार देखि नै एक जिल्ला बाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ।
गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिईसकेको जनाएको छ । आज देखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयालई निर्देशन दिइएको गृहमन्त्रालयले जनाएको छ ।


गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएको निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’
यस अघि पहुचको आधारमा पास लिएर दुरुपयोग भएपनि सरकारको निकै आलोचना भएको थियो ।
स्याङ्जा जिल्ला प्रशासनले पनिले गृह मन्त्रालयको आदेश अनुसार सवारी पास वितरण बन्द गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले दिनुभयो । उहाँले भन्नुभयो आज देखि नै सवारी पास वन्द गरिसकेका छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर