२८ कार्तिक २०७७                                           पाल्पामा थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका रिब्दीकोट २ पाल्पाका ७२ वर्षीय एक पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

कार्तिक ११ गते सङक्रमण पुष्टी भएका उनको २५ गतेको रिपोर्ट पोजेटिभ आएको हो । उनमा निमोनिया, उच्च रक्तचापको समस्या समेत रहेको बुझिएको छ । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १४ पुगेको छ ।
शुक्रबार पाल्पामा थप १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर