२४ कार्तिक २०७७                                                     विना अनुमति कोरोना संक्रमितको उपचार गर्दै आएको विराटनगरस्थित महेन्द्र चौकमा सञ्चालित म्याक्स अस्पताललाई जिल्ला प्रशासन कार्यालय मोरङले सेवा बन्द गर्न निर्देशन दिएको छ ।म्याक्स अस्पतालले न्युनतम मापदण्ड पूरा नगरी पुर्वाधार विना कोरोना अस्पताल सञ्चालन गरेको र विरामीको उपचार गरिरहेको जनगुनासो आएपछि स्थलगत अनुगमन गरी अस्पताल बन्द गर्न पत्र काटेर निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनु भयो ।

सो अस्पतालले विरामीसंग मनपरी शुल्क लिने गरेको बारेमा पनि गुनासो आएको कारण म्याक्स अस्पताललाई उहाँले कोभिडका लागि आवश्यक जनशक्ति ,संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगर्दा सम्म र स्वास्थ्य सम्बन्धी अन्य शर्तहरु पूरा नगर्दासम्म अस्पताल बन्द गर्न निर्देशन दिएको बताउनु भयो ।

उहाँले विरामीले म्याक्स अस्पतालमा एकदिनको ५० देखि ८० हजारसम्म तिरेको गुनासो प्रशासनमा गरेपछि अनुगमन गर्दा अनुमति विना अस्पताल सञ्चालन गरेको पाइएको बताउनु भयो । उहाँले अस्पताललाई नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क नलिन निर्देशन गरेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले कोभिडका संक्रमितलाई टिनको छाना मुनि राखेर उपचार गरेको र संक्रमितका आफन्तलेनै खाना पु¥याउने गरेको जस्ता गुनासो आएका जनाइएको छ । उहाँले न्युनतम सर्तहरु पूरा नगरी अस्पताल सञ्चालन गर्न रोनक लगाइएको बताउनु भयो । प्रशासनको निर्देशनपछि पनि सो अस्पतालमा ११ जना संक्रमितहरुको उपचार भइरहेको छ ।

सो अस्पतालमा विरामी राख्ने बेडको र खानाको राम्रो व्यवस्था नभएको पाइएको छ । अस्पतालमा कोरोना संक्रमित ४ जनाको मृत्यु भइसकेको छ । म्याक्स अस्पतालले कात्तिक पहिलो हप्ताबाट अन्य सेवा बन्द गरेर कोरोना संक्रमितको उपचार सुरुगरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर