२८ साउन,२०७७
समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा २९ गते राती देखि भदौ ५ गतेराती सम्म लकडाउन हुने भएको छ ।
नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले यस्तो निर्णय गरेको हो ।बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिमा स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी ढुवानी जस्ता अत्यावश्यकीय सेवा सञ्चालनमा आउन दिइने छ भने बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधनलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने वैठकले निर्णय गरेको छ ।


लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक काममा बाहेक सञ्चालन गर्न पाइने छैन ।
यस्तै ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अपनाएर चल्न दिने र उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिने निर्णय भएको छ ।
खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै र दूध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने निर्णय भएको वताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर