१८ कार्तिक २०७७                                            पाल्पाको रामपुरमा १२ लाख रुपैयाँ बढीको सुन र नगद लुटपाट भएको छ । रामपुर –८ ढकालचौपारी बस्ने ६९ वर्षीय मनकुमारी श्रेष्ठको घरबाट मंगलबार बिहान साढे १ बजेको समयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार महिलाको घरबाट नगद ३ लाख ५८ हजार रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको सुनका गरगहना लुटपाट भएको हो । घरमा आएका अपरिचित ३ व्यक्तिहरुले अचानक खुकुरी देखाई कुटपिट गरी बाकस र धराजमा रहेको सुन र नगद लुटपाट गरेको बताईएको छ ।

पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी एवं थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर