
१८ कार्तिक २०७७ पाल्पामा कोरोना संक्रमणका कारण थप १ जनाको निधन भएको छ । प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत रामपुर नगरपालिका वडा नं. ७ पाल्पाका ४४ वर्षीय एक पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
यही कात्तिक ५ गते उनमा कोरोना पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।