१८ कार्तिक २०७७
सोमबार राती पाल्पा तानसेन लामीडाँडामा भएको कार दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते मध्ये गल्याङ नगरपालिका ११, स्याङ्जाका ३० बर्षिय मदन अधिकारीको अवस्था गंभिर रहेको छ । उहाँको लुम्बिनी मेडिकल कलेज, प्रभासमा आई, सि,यूमा राखेर उपचार भैरहेको छ । अर्का घाइते गल्याङ नगरपालिका १ का ३७ सोमराज बिकको पनि लुम्बिनी मेडिकल कलेज, प्रभासमै उपचार भैरहेको छ ।
चालक गल्याङ १ का सुमन बस्याल फरार रहेको प्रहरीले जनाएको छ । बुटवलबाट ग १ च ९८६८ नम्बरको सेलेरियो कार रिर्जब गरि उनीहरु स्याङनाको मालुङ्जा हिडेको बुझिएको छ । कार लामीडाडाको पेट्रोल पम्प निरको कल्भर्टमा खसेको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर