
१७ कार्तिक २०७७ धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि भट्टराईले शनिबार स्वाब दिएका थिए । आइतबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएपनि आफूमा त्यस्तो कुनै लक्षण नरहेको भट्टराईले बताए ।