
१५ कात्तिक २०७७ ताप्लेजुङमा दुई बालिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा पर्नेमा सिदिङ्वा ४, साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय आइन्द्रहाङ लिम्बू र आठराई त्रिवेणी गाउँपालिका–२ बस्ने २५ वर्षीय बालकृष्ण माबो लिम्बू रहेका छन् ।