१३ कार्तिक २०७७                                          मोरङमा विस्फोटक पदार्थ र हतियारसहित विप्लव समूहका नेता  मिक्लाजुङबाट पक्राउ परेका हुन् । स्थानीय बासिन्दासँग चन्दा असुली भइरहेको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सन्तोष खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका ६ बस्ने  कमरेड सनम भन्‍ने विज्ञान राई र सप्तरीको सुरुङ्‍गा नगरपालिका २ बस्‍ने षडानन्द घिमिरेका ३२ वर्षीय  काशीनाथ घिमिरे छन् ।

प्रारम्भिक अनुसन्धान सोधपुछ गर्दा काशीनाथ घिमिरे नेकपा विप्लव समूहको पूर्वी कमान्ड मेची-कोसी ब्युरो चौथो कम्पनीका कम्पनी कमिसनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई पार्टीको साधरण सदस्य रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) मानबहादुर राईले बताए ।

उनीहरुको साथबाट प्रहरीले नालसहितको भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा एक बट्टा, हाई एक्सप्लोसिभ विस्फोटक पदार्थ (जिलेटिन) दुई प्याकेटमा तीन केजी, सुतली बम दुई थान, सकेट बम एक थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, नन इलेक्ट्रिक डेटोनेटर १८ थान, लाइटर ६ थान, १२ भोल्टको ब्याट्री एक थान, चार बट्टा लो एक्सप्लोसिभ गन पाउडर र बारुद्ध, एक थान पिलास, पार्टीको दस्ताबेज, डायरीलगायत विभिन्‍न बन्दोबस्तीका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध अनुसन्धान भइरहेको र कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने डीएसपी राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर