२७ साउन २०७७
पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप मंगलबार साँझ करिब साढे ५ बजे गल्धाको पटकसर नजिकै दुर्घटना भएको थियोे ।
दुर्घटनामा परि निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा सुमित्रा सारु,सेरमती सारु,लक्ष्मी सारु,तिलकुमारी सारु,सृजना गाहा र विष्णु माया सारु रहेका छन ।
घाइतेहरुको उद्धार गरि उपचारको लागि तानसेन मिशन हस्पिटलमा पठाएको छ । जिप सडकबाट करिब ७ सय मिटर तल झरेको छ । दुर्घटना पछि चालक र सह चालक फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर