४ कार्तिक २०७७, मंगलवार

पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५, बुढिकोट नजिकै एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ६०/६५ वर्ष उमेरका पुरुष सोमबार दिउँशो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढिकोट नजिकै सडकदेखि तल तराई मूलका जस्तो देखिने व्यक्ति मृत फेला परेको हो । मृतक पुरुषको नाम थर र ठेगाना खुल्न नसकेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर