
३ कार्तिक २०७७ पाल्पामा काेराेनाका कारण थप दुइ जनाको मृत्यु भएकाे छ । तानसेन नगरपालिका-२ का ८५ वर्षीय र तानसेन नगरपालिका-७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा रामपुर नगरपालिकाका १ जना, तानसेन नगरपालिका तथा अस्पतालहरुका १८ जना, पूर्वखोलाका ६ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका ३ बगनासकाली गाउँपालिकाका १ गरी ३० जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार २१ पुगेको छ । पाल्पामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ४५ पुगेको छ । हालसम्म पाल्पामा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७ सय ७० जना निको भएर घर फर्केका छन् ।