
२ कार्तिक २०७७, आइतवार
नेपालमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी, बर्दीया र इलामका तीन संक्रमितको मृत्यु भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्ध, ठाकुरबाबा नगरपालिका-६ का ४२ वर्षीय पुरुष र इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको मृत्यु भएको हो ।मृतक तीन जनानै दिर्घरोगी रहेका थिए ।