
१ कार्तिक २०७७, शनिवार
कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एकको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका–३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।