१ कार्तिक २०७७, शनिवार

मलेसियाबाट  दुई हप्ताअघि घर आएका सप्तरी विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका २५ बर्षीय श्रवण मुखियाकोहत्या भएको छ ।

उनकै साथी २८ बर्षीय सुरेन्द्र यादवले हत्या गरेको गाउँको पञ्चायतीसमक्ष स्वीकार गरेका छन् ।

विदेशबाट घर आएका श्रवण असोज २४ गते शनिबार साथी सुरेन्द्रसँग घुम्न गएका थिए । पछि सुरेन्द्र घर फर्किएपनि उनको साथमा गएका श्रवण फर्किएनन् । श्रवणका परिवार र स्थानीयले धेरै सोधपुछ गर्दा पनि यादवले यसबारे बताएनन् ।

‘यसबारे मलाई केही थाहा छैन भन्दै यादव पन्छिरहे’ स्थानीय जिबछ दासले भने, ‘तर गाउँमा यही बिषयलाई लिएर दुई दिन पञ्चायती नै बसेपछि यादवले हत्या गरेको स्वीकार गरेका छन् ।’ स्थानीयका अनुसार यादव लागूऔषध सेवन गर्ने व्यक्ति हुन् । उनले मुखियाको हत्या गरेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएका छन् ।

यादवले हत्या गरेर खड्क नदीमा फालेको बताएपछि पछिल्लो तीन दिनयता उनको शवको खोजी भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर