२५ असाेज २०७७                                        काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको   संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । मन्त्रालयका अनुसार आइसीयूमा ३२९ र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको  छ।

https://amzn.to/4myfPN5

२४ घण्टामा थप १,५५२  जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १,५५२  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको  मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर