२३ असोज २०७७, शुक्रवार

खोटाङमा आफ्नै श्रीमानले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)लाई श्रीमान डम्बरबहादुर गिरीले मसला पिस्ने लोहोरो प्रहार गरी हत्या गरेका हुन् ।

घरायसी विवादका क्रममा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते भएकी ज्ञानकुमारीको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लाने क्रममा शुक्रबार दिउँसो हलेसीस्थित खोक्सेलीमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले बताए ।

लोहोरो प्रहार गरी फरार रहेका डम्बरबहादुरको खोजी गर्नका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायाण प्रसाद चिमरियाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार