२०७७ असोज २२ गते            दुर्गाभगवती गाउँपालिका-४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मद समेत ४ जनाले रोबिनाको हत्या गरी सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा शव ल्याई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर