काठमाडौं, २०७७ असोज २२ 

 काठमाडौं, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका-२६ गोंगबुस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बर्दिया, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-९ दुर्गाफाटा बस्ने ३९ वर्षीय चन्द्र बहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । खत्रीले ती किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
धनुषा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका-९ अन्धुपट्टी बस्ने २१ वर्षीय सिकिन्द्र यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर