
१७ असाेज २०७७
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ ताकपास बस्ने ४० वर्षीय कर्मा तामाङलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । कर्मा र उनकै श्रीमतीबीच झै झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलपिङकट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
ओखलढुंगा, मोलुङ गाउँपालिका-७ गल्नाठा बस्ने ३३ वर्षीय डम्बर बहादुर तामाङलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको आगनमा भरुवा बन्दुक चलाउने क्रममा अचानक पड्किन गई उनकै १३ वर्षीया छोरी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घाइतेलाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला सामुदायिक मिसन अस्पताल पठइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ