 
							१३ असोज २०७७, मंगलवार
विदेशमा अफ्ठ्यारोमा परेका नेपाली श्रमिकको व्यवस्थपनका लागि संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई थप ५ करोड रुपैयाँ अनुदान दिने भएको छ। आईएलओ र एनआरएनएबीच यसै साता सहमतिपत्रमा हस्ताक्षर भएको संघका उपाध्यक्ष डा बद्री केसीले बताए।
यसअघि आईएलओले संघलाई ५ करोड १० लाख रुपैयाँ सहयोग दिएको थियो। कोरोना महामारीका कारण मलेसिया, यूएई, कतार र साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको व्यवस्थापन तथा उद्धारमा खर्च गरिनेछ। केसीका अनुसार प्राप्त उक्त रकम चार देशमा अत्यन्तै समस्यामा परेका नेपाली फर्काउनका लागि समेत खर्च गरिनेछ। सहयोगका लागि गैरआवासीय नेपाली संघकातर्फबाट उपाध्यक्ष केसीसहित महासचिव डा हेमराज शर्मा, डा पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रस्तावाना तयार पारेका थिए।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com