१० असोज २०७७, शनिवार

रासस

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो ।

माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर