नेपाली फिल्मको हिरो अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहाको एक स्कूटरको विज्ञापनका लागि फोटोसुट गराएका थिए । त्यसबेला उपस्थित भएकी एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अनमोल र उपासना कन्टयाक्ट ट्रेसिङमा परेका थिए । र, उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।

चार महिना लामो लकडाउनमा घरभित्रै सीमित रहेका अनमोल अहिले भने विभिन्न कम्पनीका विज्ञापनको भिडियो र फोटोसुटमा व्यस्त छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर