९ असोज २०७७, शुक्रवार

मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा स्थानीय चन्द्रकुमार राईको हत्यामा संलग्न भएको आरोपमा १९ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ ।

१२ भदौमा १९ जनाको समूहले कुटपिट गर्दा बेलबारी नगरपालिका–५ कसेनी ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो । स्थानीयको झगडा छुट्याउन गएका उनलाई खुकुरी र बञ्चरो प्रहार भएको थियो । झगडा छुट्याउन गएका उनका दाइ ४२ वर्षीय सईकुमार राई, भाइ ३२ वर्षीय समुन्द्र राई र भतिज १६ वर्षीय गौरव राई गम्भीर घाइते भएका थिए ।

लोहन्द्रा खोला पुलको विवादमा दिनेश भनिने घनेन्द्र श्रेष्ठलाई कुटपिट गरिरहेको समूहलाई सम्झाउन पुगेका राईको विराट मेडिकल कलेजमा सोही दिन मृत्यु भएको थियो ।

हत्या आरोपमा ग्रामथान गाउँपालिका–६ का जितेन्द्रकुमार चौधरी, बेलबारी नगरपालिका–६ का ३८ वर्षीय बिशालकुमार खवास (गच्छदार), ग्रामथान–६ का ३३ वर्षीय वीरेन्द्रकुमार खाँ, ग्रामथान–५ का ३१ वर्षीय दीपेन भन्ने दीपेन्द्रकुमार चौधरी, बेलबारी नगरपालिका–५ का ३२ वर्षीय राजेन्द्र राई थुलुङ, २० वर्षीय ज्ञानव थुलुङ राई, ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान–२ का २७ वर्षीय कृष्णकुमार चौधरी, ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ग्रामथान–६ का ३५ वर्षीय अनोज भन्ने अनोदकुमार माझी, ग्रामथान– ४ का ३७ वर्षीय ओम धामी, वडा नम्बर ५ का ३४ वर्षीय दिनेश चौधरी माझी, ग्रामथान–७ का २५ वर्षीय प्रेम चौधरी, ग्रामथान–६ का ३४ वर्षीय बलराम चौधरी, सुन्दरहरैंचा–२ का २५ वर्षीय अशोक खवास, सुन्दरहरैंचा–११ का ३३ वर्षीय शम्भु भन्ने दिनेश मास्के, सुन्दरहरैंचा–२ का ३५ वर्षीय कचालु भन्ने गितार खवास, सन्दरहरैंचा– ११ का २५ वर्षीय राजिन राई, सुन्दरहरैंचा–१ का २४ वर्षीय नलिन खवासविरुद्ध कर्तब्य ज्यान तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा बुझाएपछि अदालतमा थुनछेक बहस जारी रहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर