पाल्पा, साउन २६
वर्षातकाे समयमा पनि पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीकाे अभाव भएकाे छ । तानसेन खानेपानी उपभाेक्ता समिति मार्फत् वितरित खानेपानी अनियमित हुँदा धेरै उपभाेक्ता मारमा पर्दै अाइरहेका छन् ।
यसैबीच पत्रकार जगदीश भट्टराई धारामा १४ दिनसम्म पानी नआएपछि तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् । पटक–पटक मौखिक तथा लिखित गुनासो गर्दा समेत कैलाशनगरको बतासेडाँडा क्षेत्रका करीव ४० घरपरिवार १४ दिनदेखि खानेपानीबाट बञ्चित भएपछि बाध्य भएर आन्दोलन स्वरुप धर्नामा बस्नु परेको उपभोक्ता समेत रहेका भट्टराईले बताए ।


तानसेन कैलाशनगरको बतासेडाँडा क्षेत्रका ४० घरपरिवार विगत ३ बर्षदेखि खानेपानी समस्याबाट पिडित भएको, पटक–पटक गुनासो गर्दा समेत समितिको कार्यालयबाट सुनुवाई नभएको, कार्यालयबाट गर्न सकिने काम समेत जिम्मेवारी पूर्वक नभएको, सामान्य काममा समेत कार्यालयबाट ध्यान नदिएकाले बाध्य भएर प्रतिनिधीमूलक रुपमा धर्नामा बसेको उपभोक्ता भट्टराईले बताए ।
उपभोक्ता भट्टराई पहिलो दिन आईतवार दिउँसो साढे १२ बजेदेखी साढे १ बजे सम्म १ घण्टा धर्ना बसेका थिए । भट्टराई सोमवार पनि दिउसो साढे १२ बजेदेखी साढे २ बजे सम्म २ घण्टा धर्नामा बस्ने जनाएका छन् । यसैगरी माग सुनुवाई नहुँदासम्म प्रत्येक दिन एक/एक घण्टा धर्ना कार्यक्रम बढाउदै जाने उपभोक्ता भट्टराईले बताए । २४ औ दिनसम्म माग सुनुवाई नभएमा २४ घण्टा धर्नामा बस्ने उनले बताए । कोभिड १९ को कारण सबै उपभोक्ता धर्नामा बसेर भिडभाड गर्नुभन्दा प्रतिनिधीमुलुक एक जना धर्नामा बसेको र माग सुनुवाई नभएमा दुरी कायम गर्दै धर्नामा उपभोक्ताहरुको संख्या बढ्दै जाने उपभोक्ता भट्टराईले बताए ।
दुई हप्तासम्म धारामा पानी नआएपछि आफुहरु समस्यामा परेको अर्को उपभोक्ता मिना कप्डेलले बताईन् । उनले भनिन् ‘धारामा पानी नआउँदा आकासको पानीबाटै कपडा धुने, ट्वाइलेट जाने र पिउनका लागि घरदेखि ४ किलोमिटर तल मुहानबाट पानी बाकेर खाना बाध्य भएका छौं ।’ उनले माग सम्बोधन नभए सबै उपभोक्ताहरु आन्दोलनमा जाने बताईन् ।
भाडामा बस्दै आएका कपिवलवस्तुका रामचन्द्र थारुको पनि समस्या उस्तै रहेको छ । उनले पनि लामो समयदेखि धारामा पानी नआउँदा स्कुटीमा पानी बोकेर खानुपर्ने अवस्था सिर्जना भएको बताए । उपभोक्ता समितिको लापरवाहीका कारण आफुहरु समस्यामा परेको थारु बताउँछन् । कोरोना महामारीका बेला सरसरफाईमा बढी ध्यान दिनुपर्ने भए पनि पानी नहुँदा आफुहरु समस्यामा परेको उनको गुनासो छ ।
सिस्ने खानेपानीको मेशिन बिग्रिएको, विद्युतको अनियमिता, तानसेन नगरपालिकाले जथाभावी रुपमा डोजर सञ्चालन गरी पानीको मुख्य पाइप लाईन पटक–पटक क्षतविक्षत पारिदिएकाले समस्या भएको खानेपानी उपभोक्ता समितिका सचिव केशवराज पौडेलले बताए । खानेपानी समस्याका कारण उपभोक्ता धर्नामा बस्नु समितिको लागि दुःखदायी भएको सचिव पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर